महिलाको दिमाग एक चौथाई हुन्छ भन्ने धार्मिक नेतामाथि प्रतिबन्ध

काठमाडौं, असोज ७ । साउदी अरबका एक धार्मिक नेताले महिलाहरुको एक चौथाइ मात्र दिमाग हुने भन्दै गाडी चलाउन रोक लगाउनुपर्ने प्रवचन दिएपछि धार्मिक नेतामाथि प्रतिबन्ध लगाइएको छ ।

 

धार्मिक प्रवचनका क्रममा महिलामाथि विभेदजन्य भाषण दिएका धार्मिक नेता साद अल हिजरीलाई धार्मिक प्रवचन दिन रोक लगाइएको स्थानीय अधिकारीलाई उधृत गर्दै बिबिसीले जनाएको छ ।

साद अल हिजरीको प्रवचन सामाजिक सञ्जालमा फैलिएपछि धेरैले आलोचना गरेका छन् भने यसको समर्थन र विरोधमा धारणाहरु बढेका छन् । धार्मिक नेताको प्रवचनले सामाजिक विवाद ल्याएको भन्दै उनीमाथि प्रवचन दिन प्रतिबन्ध लगाइएको हो ।

साउदी अरबमा महिलालाई गाडी चलाउन रोक लगाइएको छ भने यसको विरुद्धमा आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =