उत्तर कोरियाली ‘पागल’ नेताको कहिल्यै नभएको परीक्षण हुने : राष्ट्रपति ट्रम्प

वासिंगटन, असोज ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको परीक्षण हुने बताएका छन् ।

फाइल फोटो

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दुई दिन पहिले उत्तर कोरियाली गतिविधिलाई लिएर चासो व्यक्त गर्दै अमेरिकाका लागि मात्र नभै सबै सहयोगी देशको सुरक्षार्थ वासिंगटनले कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

तर, उत्तर कोरियाली राष्ट्रपति किमले उक्त वक्तव्यको खण्डन गर्दै अमेरिकी राष्ट्रपतिप्रति लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छन्’ तर क्षेप्यास्त्र कार्यक्रम नरोकिने चेतावनी दिएका थिए ।

यसैको प्रतिक्रियास्वरुप शुक्रबार फेरि राष्ट्रपति ट्रम्पले नेता किम जोङ उन साँच्चै ‘पागल’ भएको बताएका छन् । ‘उनलाई आफ्ना जनता भोकमरीमा परेको वा मरेको कुरामा चिन्ता छैन’, राष्ट्रपति ट्रम्पले भने, ‘उनको यस अघि कहिल्यै नभएको परीक्षण हुनेछ ।’

राष्ट्रसंघमा विश्व समुदायले किम र उत्तर कोरियाको हतियार मोहलाई आलोचना गरिरहेका समय शुक्रबार प्योंगयाङले अर्को हाइड्रोजन बम परीक्षणको धम्की दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =