भरुवा बन्दुक सहित चार पक्राउ

माघ १७, दाङ । दाङमा भरुवा बन्दुकसहित आज चार व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका वेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा दाङ राजपुर गाउँपालिका–१ कटवेरवा बस्ने ५० वर्षीय केशरबहादुर घर्ती, गडवा गाउँपालिका–७ चन्दनपुर बस्ने २८ वर्षीय इन्द्रप्रसाद चौधरी, सोही ठाउँका २३ वर्षीय राजु विक र ३२ वर्षीय कृष्णबहादुर चौधरी रहेका छन् । 

उनीहरुलाई गढवा गाउँपालिका–६ मानपुर भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । निजहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ६ को दफा १३२ बमोजिम हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको पाण्डेले जानकारी दिए । 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =