सर्वियन क्लब कारभेना जोभेज्दालाई ३-० गोलले हराउँदै बायर्न म्युनिख विजयी

असोज २, एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा जर्मन च्याम्पियन बायर्न म्युनिखले सर्वियन क्लब कारभेना जोभेज्दालाई ३-० गालले हराउँदै विजेता बनेको छ ।  घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा कोमन, रोबेर्ट लेवान्दोस्की र थोमस मुलरले एक/एक गोल गरेका थिए ।   

बार्यनको तर्फबाट  खेलको ३४ औं मिनेटमा किंग्स्ले कोमनले एक गोल गर्दै अग्रता टीमलाई अग्रता दिलाए । इभान पेरिसिचको पासको सदुपयोग गर्दै गोल गर्न सफल भएका थिए ।   

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बायर्नका तर्फबाट ८० औं मिनेटमा लेवान्दोस्कीले गोल गर्दै टिमलाई २–० ले अगाडि राख्न सफ भए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा बायर्नले तेस्रो गोल थप्यो र खेलको निर्णायक गोल नै थोमस मुलरले गरेको गोल बन्न पुग्यो ।   

null

सर्वियन क्लब कारभेना जोभेज्दाले कुनै पनि गोल गर्न नसकेपछि ३–०को गोल अन्तरले हार बेहोर्नु पर्यो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =