गुप्तांगको रौँ उखेल्ने युवतीले जीवनभर बूढीकन्या भएर बस्नुपर्ने

काठमाडौँ । काखी तथा गुप्तांगका रौँ सफाचट् पार्नका लागि विभिन्न खाले सौन्दर्य प्रशाधनका विधिहरू तर्फ आधुनिक युवतीहरु आकषिर्त हुन्छन् । उल्लिखित अङ्गका रौँ मात्र होइन आँखिभौँ तथा शरीरका अन्य भागमा पलाएका रौँ समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा युवतीहरुमा हुन्छ र यसका लागि धेरै खर्च समेत गर्न पछि पर्दैनन् । तर दक्षिण कोरियाली युवतीहरुमा भने गुप्तांगका रौँ पाल्ने प्रचलन फस्टाएको मात्र छैन गुप्तांग क्षेत्रमा रौँ प्रत्यारोपण गर्ने चलन पनि बढेको छ ।

यो वर्षको सुरुतिर अमेरिकाको एक म्यागेजिनले न्युयोर्कका ब्यूटी सैलुनहरुमा महिलाहरूको गुप्तांगका रौँ बढाउने ब्राजिलीयन मैन विधिको क्रेज बढिरहेको समाचार छापेको थियो । गुप्तांगका रौँ पाल्ने संस्कृतिका विषयमा म्यागेजिनले विशेष अङ्क नै छापेको थियो कुनैबेला । तर अहिले दक्षिण कोरियामा गुप्तांगका रौँ पाल्ने संस्कृति नै फस्टाएको समाचार आएको छ । रिफाइनरी ट्वान्टी नाइन नाम वेबसाइटका अनुसार ‘रौँ कलमी’ दक्षिण कोरियाको विषय बनिरहेको छ । निकै बढेका तथा बाक्लो गुप्तांगका रौँ हुनुलाई कोरियामा युवतीको प्रजनन क्षमता तथा यौन स्वास्थ्यको सूचकको रूपमा मानिन्छ । त्यसैले गुप्तांगमा रौँ कम हुने युवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यमा कमजारे युवतीको रूपमा लिइन्छ ।

कोरियन एसोसिएसन अफ मेडिकल इडिटर्सका अनुसार दक्षिण कोरियामा हरेक १ सय जनामा १० जना युवतीहरुमा गुप्तांगमा पर्याप्त रौँ नहुने समस्या छ । यसलाई प्युबिक आट्रिकोसिस नाम दिइएको छ । गुप्तांगमा पर्याप्त रौँ नहुने यस्तो समस्या भएका युवतीहरु आफ्नो श्रीमान् वा प्रेमीको दबाबका कारण पनि गुप्तांगमा रौँ प्रत्यारोपण गराउने तर्फ अग्रसर हुँदै गएको बताइन्छ । यस अन्तरगत टाउकोबाट रौँ उखेलेर त्यसलाई गुप्तांगमा प्रत्यारोपण गरिन्छ । यो निकै महँगो पद्धति भए पनि युवतीहरुले आफूलाई युवकहरुको रोजाइमा पार्न तथा यौन र वैवाहिक जीवनलाई सफल बनाउन गुप्तांगमा रौँ प्रत्यारोपण गर्ने गरेका छन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =