काठमाडौँको टोखाबाट एक लाख ५२ हजार नक्कली रुपैयाँ बरामद

माघ २७, काठमाडौँ । काठमाडौँको टोखाबाट एक लाख ५२ हजार नक्कली रुपैयाँ बरामद भएको छ । 

महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले शनिबार राति टोखा नगरपालिका–१० गणेशस्थानबाट हजार दरका एक सय ५२ थान नेपाली रूपैयाँ बरामद गरेको हो। 

नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा स्थानीय गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया र पोमबहादुर कुँवरको कोठा छानविन गर्ने क्रममा मियाको कोठामा पलङ मुनी लुकाईकाे एक हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने कुँवरको कोठाबाट एक सय ४१ थान नक्कली नोट बरामद गरेको हो। 

null

फरार रहेका मिया र कुँवरको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =