तेस्रो चरणको स्थानीय तहको चुनावः मतगणना जारी

काठमाडौं, असोज ३ । प्रदेश नम्बर २ मा हिजो भएको स्थानीय तह निर्वाचनको परिणामको लागि मतगणनाको काम जारी छ । प्रदेश नम्बर दुईका आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तह मध्ये सप्तरीको राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

राजविराज नगरपालिकाको वडा नम्बर १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले सो वडामा असोज ५ गते मतदान भएपछि मात्रैे मतगणना सुरु हुनेछ । केही वडाहरुको नतिजा सार्वजनिक हुनेक्रम पनि जारी रहेको छ । सर्लाहीको बलरा नगरपालिकामा मतगणना भने रोकिएको छ ।

मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतगणना रोकिएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काँगे्रस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =