हवार्इ टिकट सकियाे, एयरलाइन्सद्वारा अतिरिक्त उडान थप्ने तयारी

असाेज ३, काठमाडौँ । एयरलाइन्सहरूकाे दसैंकाे समयमा काठमाण्डौंबाट विभिन्न जिल्लाहरूमा जाने टिकट सकिएको छ । टिकट सकिएपछि वायु सेवा कम्पनीहरूले अतिरिक्त उडान थप्ने तयारी गरिरहेका छन् । बुद्ध एयरलाइन्स, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, तारा एयरलाइन्स लगायतका आन्तरिक उडान भर्ने कम्पनीहरूले अतिरिक्त उडान थप्ने जनाएका छन् । कम्पनीहरूले यात्रुको चाप भएको ठाउँमा उडान थप्ने जनाएका हुन् ।

सडकमार्ग अव्यवस्थित भएका कारण छिटो र सहजै यात्रा गर्ने हेतुले यसपालि हवाई यात्रुहरुको चाप निक्कै बढेको सौर्य एयरलाइन्सकी कर्पोरेट मार्केटिङ अफिसर रोजिना नेपालले बताइन् । नेपालका अनुसार घटस्थापना अघिसम्म सस्तो महङ्गो दुवै किसिमको टिकट वितरण भइरहेको र घटस्थापनापछि महङ्गो टिकट मात्र उपलब्ध हुने थिए । तर, ती टिकट पनि अहिले सकिएका छन् ।


काठमाडौँदेखि बिराटनगरसम्मको टिकट दर तीन हजार ५ सय, तीन हजार ८ सय, चार हजार, ४ हजार ४ सय, सात हजार ४ सयसम्म छ । भद्रपुरको लागि सस्तो टिकट चार हजार नौ सय रहेको छ भने महँगो टिकट आठ हजार नौ सय रुपैयाँ पुगेको छ । यसै गरी नेपालगञ्जका लागि सस्तो टिकट पाँच हजार १ सय छ भने महँगो टिकट नौ हजार ९ सय रुपैयाँ पुगेको नेपालले बताइन् ।

काठमाडौँबाट हवाई सेवा लिँदा महँगो भए पनि उपत्यका बाहिरबाट काठमाडौँ आउँदा कम शुल्क लाग्ने नेपालले बताइन् । नेपालका अनुसार सौर्य एयरलाइन्सको हवाई टिकट फुलपातीको अघिल्लो दिनदेखि टिकाको दिनसम्म बुकिङ भइसकेको छ ।

दसैँको लागि तारा एयरलाइन्समा पोखरा, जोमसोम, लुक्ला डोल्पा लगायतका विकट स्थानहरूको लागि अग्रिम टिकट बुकिङ भइसकेको र तत्काल टिकट पाउन गाह्रो रहेको रिजरभेसन एसिस्टेन्ट राधा यादवले बताइन् । यादवका अनुसार पोखरा जोमसोमका लागि चार हजार ४ सय ६४, लुक्लाको लागि ६ हजार ६ सय ३० र डोल्पाको लागि ८ हजार ६ सय ५० शुल्क लाग्ने छ । १५ जना प्यासेन्जर अट्ने क्षमता रहेको तारा एयरलाइन्सले सेवाग्राहीहरुको समस्यालाई मध्यनजर राख्दै उडान थप्ने योजना रहेको यादवले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =