विवाह अघि अधिकतर पुरुषले यस्ताे झुट बाेल्छन्

“
एजेन्सी । प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । तर, विवाहभन्दा अगाडि धेरै केटाहरू केटीलाई इम्प्रेसन गर्नका लागि कैयौँ प्रकारका झुट बोल्छन् । उनीहरू केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ताे हुन्छ ।
१) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । चाहे उनीहरूको जतिसुकै गर्लफ्रेण्ड होउन् ।
२) तिमी मात्र एकजोर लुगामा घर आऊ । मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन ।
३) विवाह पछि म चुरोट पिउन छोडिदिने छु ।
४) तिम्रो परिवार पनि मेरै परिवार त हो ।
५) तिमी कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ ।
६) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ ।
७) मलाई तिमी हरेक रूपमा सुन्दर लाग्छेउ । तर, पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ ।
८) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो ।
“








