कार दुर्घटना हुँदा नवलपरासीमा एकजनाको मृत्यु

नवलपरासी, असोज ३  ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–८ चोरमारामा सोमबार राति कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बा १५ च  ९६५६ नम्बरको कार चोरमारा–अरुणखोला बिच जंगलमा अनियन्त्रित भई पल्टदा कावासोती–२ का ४१  वर्र्षका तुलसी पौडेलको ज्यान गएको हो  ।

दुर्घटनामा कावासोतीकै ३५  वर्षका सन्तोष सुवेदी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  घाइते सुवेदीकोे पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेकोे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =