शेरबहादुर,प्रचण्ड र मण्डलसँग गोपाल खड्काले हिसाब किताब मिलाउँने

“
काठमाडौँ, असो ज २ । ‘अहिले मलाई मात्रै जसरी द्वोषी देखाएर कारबाही गरिएको छ यसको कुनै औचित्य नै छैन । म निराश भएको छैन । झन् मजबुत भएको छु किनकि यसको मुख्य नाइके म नै हैन । भन्न मिल्दैन । समय आएपछि आफै थाहा हुने नै छ तर यस विषयमा मलाइ मात्र दोषी देखाईएको छ त्यसको आधार स्पष्ट छैन ।’ खड्काले यसरी बक्न थालेपछि घटनाका मुख्य नाइके को हुन् ? अर्काे चासोको विषय बनेको छ ।
सरकारले निकै समयसम्म सास्ती खेप्दै सोमबार नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्ती त गर्यो तर खड्काले आफूलाई बिनाकारण हटाइएको भन्दै खैलाबैला मच्चाउन थालेका छन् । आफूलाई नियोजित र छापामार शैलाीमा बर्खास्त गरिएको र आफूसँगै संलग्न भएका उच्च तहका व्यक्तिहरू बचेको आरोप लगाएसँगै हल्ली खल्ली मचिएको हो ।
उनी सोमबार पदबाट बर्खास्त परेसँगै मुख थुनेर बसेनन् । मनभरि अटेस मटेस भएर बसेका भावनाहरू पोख्न थाले,‘मैले जग्गा खरिद गर्दा कहाँ कहाँ कमजोरी कहाँ गरे ? कसले गर्यो ? यसबारे संसदीय समितिको पूर्ण प्रतिवेदन तयार भएको खै ? प्रतिवेदनमा कहाँ लेखिएको छ ? मलाई मात्र कारबाही गर्ने आधार के ? त्यसैले खै के छ आधिकारिक प्रमाण ?’ उनी झन् कस्सिए,‘कसैको इच्छापूर्तिको लागि मलाई पदबाट हटाइएको हो । मलाई त कारबाही गरियो तर अरू संलग्नलाई चाहिँ सरकारले छोड्न मिल्ला या नमिल्ला ? सबैलाई कारबाही त हुनुपर्ने नै होला ।’
उनले कारबाही नै गर्ने हो यस घनामा संलग्नलाई सबैजनालाई एक÷ एक गरी चिसो खोरमा जाक्न आदेश पनि दिए । उनले समितिको अध्ययन प्रतिवेदन अपुरो भएको भन्दै अब आफूले कानुनी उपचारको खोजी गर्ने धम्की दिए । ‘जो कोहीलाई आफ्नो अधिकारको हक छ । यहाँ मलाई मात्र द्वोषी देखाएर पदच्यूत गरिएको छ । यसकारण कानुनी उपचारको हक सबैमा छ । त्यसैले अब, म कानुनी प्रक्रियातर्फ अघि बढ्नेछु ।’
यता,सोमबार निगमका निर्देशक खड्का बर्खास्तीमा परेसँगै दसैँ लागेको छ,आपूर्ति मन्त्री शिवकुमार मण्डल, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालार्ई । उनीहरूले बल्ल जनताले भने बमोजिम काम गरेको भन्दै काँध त हल्लाए तर उता खड्काले घटनामा संलग्न मुख्य द्वोषी आफू नरहेको र कानुनी उपचारमा जाने ठाडो धम्कि दिँदा खड्कालाई जोगाउन अनेक खेल रचिएपनि त्यो सम्भव नै नभएको मन्त्री मण्डलले बताए । ‘आज मन्त्रिपरीषद्बाट खड्कालाई बर्खास्त गरिएको हो । यद्यपि उनलाई जोगाउन धेरै खेल भने नभएका होइनन् । तर, त्यो सम्भव नै थिएन ।’उनले भने,‘उनलाई बचाउँन अनेकौँ खेलकाबीच पनि हाम्रो जित भएको छ । अब, यसले सबैलाई सचेतको पाठ सिकाएको छ ।’
“








