दसैँमा उपभोक्ता लुट्नेहरुको ढाड सेकिँदै

“
काठमाडौँ भदौँ ३१ । चाँडबाँडको समयमा उपभोक्ता नठगिउन्÷नलुटिउन् भन्ने उद्धेश्यका साथ काठमाडौँ जिल्ला प्रशासन कार्यालयले राजधानीमा तीव्र अनुगमन थालनी गरेको छ । विशेषगरी दसैँ र तिहारलाई लक्षित गरेर अनुगमन थालिएको को हो ।
चाडपर्बको समयमा बजारमा व्यापारीले उपभोक्ताहरुसँग चर्काे मूल्यमा सामान बिक्री गर्ने भएको हुँदो उपभोक्ताले दुःख नपाउन भन्ने मनिस्थिति ले बजार अनुगमा गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेले जानकारी गराए । ‘उपभोक्ता नठिगिउन्÷नलुटिउन भनेर आज शनिवारबाट हामीले सेडुल नै तयार गरेर अनुगमन थालेका छौँ । अनुगमनलाई निरन्तरता दिन विभिन्न स्थानमा टोली गठन गरिसकेका छौँ भने,प्रशासन कार्यालयको ३ टोलीले काठमाडौँका कोटेश्वर, बानेश्वर र सोह्रखुट्टे क्षेत्रका होटेल, किराना,फलफुल लगायतका पसलहरुको अनुगमन गरेको छ ।’
जिल्ला प्रशास कार्यालयको काठमडौंको संयोजनमा भएको अनुगमनमा उपभोक्ता अधिकारकर्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी र प्रहरी सहितको सयूँक्त टोलीले अनुगमन गरिरहेको छ । ‘बजारमा दैनिक उपभोक्ताहरु ठगीदै आएका छन् । उपभोक्तहरु ठग्नेहरुलाई फितलो कारबाही भएपछि झनै उपभोक्ता ठग्ने मनोबल बढेको छ । त्यसैले अब सुधारत्मक होइन दण्डात्मक अनुगमन गरिँदैछ ।’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चाका अध्यक्ष माधव तिमल्सिनाले भने,‘अनुगमनका क्रममा उभपभोक्ता ठग्ने व्यापारीहरुलाई कडाभन्दा कडा कारबाही हुनेछ ।’
“








