नाटकबाट पढाईने शिक्षा वैज्ञानिक हुने

जेठ २८, धरान । रंगमञ्चको माध्ययमबाट दिईने शिक्षण प्रक्रिया वैज्ञानिक हुने धरानमा गरिएको एक कार्यक्रमका वक्ताहरुको बताएका छन ।
सुनसरीको धरान १० स्थित रहेको महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार दिउँसो गरिएको कार्यक्रममा बोले बल्ने वक्ताहरुले यस्तो बताएका हुन । रंगममञ्चको माध्ययमबाट सिकाई बिधीलाई प्रयोगमा ल्याउने उदेश्यले रंगभुमी कलालय धरान ९ ले गरेको शिक्षाका नाटक र नाटय सिकाईको प्रभाव बिषयक अर्न्तक्रिया तथा छलफल कार्यक्रममा बोल्दै नेशनल कलेजका प्रधानाध्यापक समेत रहेका सालीक सतासक राईले यस्तो बताएका हुन् ।
null
उनले विद्यालय स्तरबाटै नाटकका माध्ययमबाट गरिने शिक्षण बिधी अझ प्रभावकारी हुने भएकाले यस्तो कार्यक्रमलाई हामी सबैले सक्दो सहयोग गर्नुपर्नै बताए ।
कार्यक्रममा रंगमञ्चको उत्थान तथा सिकाई बिधिलाई एकै स्थानमा गाभ्न सकिने अभिप्रायले यस्तो छलफल बहस तथा कार्यशालको आवश्यकता रहेकोले नै यस्ता कार्यममाको आयोजना गरिएको कलालयका निर्देशक बिष्णु मोक्तानले जानकारी दिए ।
मोक्तानका अनुसार कार्यक्रममा धरान भरिका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा यस्ता प्रकारको कार्यक्रमले भोलीका दिनमा विद्यालय स्तरमा पढाईने शिक्षा भन्दा ब्यवहारीक शिक्षामा महतवपुर्ण सिकाई हुनेछ । यसकै लागी पनि यस्तो प्रकारको शिक्षा निती आवश्यक रहेको मोक्तानले बताए ।
एकेडेमीले सुनसरीकै धरानमा पहिलो पटक गर्न लागेको तीन महिने नाटय कार्याशाला गोष्टीमा धरान भरिका विद्यालयहरुको विद्यार्थीहरुलाई समावेश गराईने छ भने उनीहरु कक्षा ५ देखी माथि कक्षाका बिद्यार्थीहरु रहने आयोजक रंगभुमि कलालयले जनाएको छ ।
विद्यालय स्तरबाट नै सुझाव संकलन गर्नै उदेश्यले गरिएको कार्यक्रममा नेशनल कलेज, ल्यावरोटरी उच्च माबि, माली भोक्राहा, किरातेश्वर, सरस्वती उच्च माबि पानमारा, सहिद स्मृति माबि धरान, निकेतन उच्च माबि ,पब्लिक उच्च माबि, सुनाखरी एकेडेमी बुद्ध आदर्श लगायतका बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो भने उनीहरुले आफना ब्यक्तिगत तथा संस्थागत रुपमा सुझाव समेत दिएका थिए ।








