कमेडीले भरिपूर्ण ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक

बैशाख १५, काठमाडौँ । कमिडियन चलचित्र ‘जात्रै जात्रा’ काे ट्रेलर युटुब मार्फत शुक्रबार सार्वजनिक गरिएको छ । यस चलचित्रलाई प्रदीप भट्टराईको निर्देशन गरेका हुन भने रविन्द्र सिंह बानियाले निर्माण गरेका हुन् ।
यस चलत्रिको मुख्य काहानी सुनलाई केन्द्रित राखेर बनाईएको छ । ३ मिनेट भन्दा लामो सार्वजनिक ट्रेलरमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, नायिका वर्षा राउत लगायतका कलाकारहरुलाई देखाईएको छ ।
null
यो भन्दा अगाडी प्रर्दशनमा आएको जात्रा चलचित्र ले अत्याधिक सफलता कमाएपछी यसको सिक्वेलको रुपमा ‘जात्रै जात्रा’ बनाईएको हो । अघिल्लो चलचित्र ‘जात्रा’ मा पैंसाको विषयलाई उठाईएको थियो भने चलचित्र ‘जात्रै जात्रा’ मा भने सुनको विषयलाई उठाईएको देखिन्छ ।
सिंगे लामा र यज्ञराज पौडेलको लगानीमा तयार पारिएकाे चलचित्र ‘जात्रै जात्रा’ जेठ ३ गते देशका बिभिन्न हलहरुमा प्रर्दशनमा आउँने निमार्णपक्षले जानकारी दिएका छन् ।
सार्वजनिक ट्रेलर








