मुख्य तहमा महिला पुग्नु उपलब्धिपूर्ण: राष्ट्रपति भण्डारी
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको नेतृत्वमा नेपाली महिलाको उपस्थितिलाई आफूले ठूलो क्रान्तिका रुपमालिएको बताउनुभएको छ । पत्रकार मञ्जु कार्कीले निर्माण गरेको नेपाली महिलाहरुको संघर्ष र सफलता सम्बन्धी वृत्तचित्रको आज राष्ट्रपति भवनशीतल निवासमा सार्वजनिक गर्दै उहाँले राज्यको नेतृत्वतहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय रहेको बताउनुभयो ।
२०७२ साल नेपाली महिलाका लागि सुखद् रहेको भन्दै उहाँले एक वर्षभित्र राज्यको कार्यपालिका, व्यवस्थापिका र न्याय पालिकाको नेतृत्व तहमा तीनजना महिलाले नेतृत्वगर्न पाएको बताउनुभयो । कानुनमा सुधार गर्दै महिला अधिकारका लागि आर्थिक सशक्तीकरण, शिक्षा र चेतना विस्तारमा राष्ट्रपति भण्डारीको जोड थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








