डलर साटिदिन्छु भनी यसरी भयो ठगी

काठमाडौँ, ३० भदौ  । अपरिचित व्यक्तिहरूले डलर साटिदिन्छु भनी दोलखाको भिमेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौँ बालाजु बस्ने २२ वर्षीय प्रकाश खत्रीको नगद १ लाख ५० हजार रुपैयाँ लिएर फरार भएका छन् ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोमा बिहीबार २ जना अपरिचित व्यक्तिले खत्रीलाई डलर साटिदिन्छु भनी कागज दिई उक्त नगद लिएर भागेको बताइएको छ ।

फरार व्यक्तिहरूको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =