त्रिभुवन विश्वविद्यालय र फलेवास नगरबीच गुरुयोजना बनाउने सम्झौता

एन एच पौडेल, पोखरा । पर्वतको फलेबास नगरपालिकाले दिगो र बृहत्तर विकासका लागि गुरुयोजना निर्माण गर्न प्राज्ञीक क्षेत्र त्रिभुवन विश्वविद्यालयलाई जिम्मा लगाएको छ। नगरप्रमुख पदमपाणी शर्मा सहितको जनप्रतिनिधि र त्रिभुवन विश्व विद्यालयको भूगर्भशास्त्र केन्द्रीय विभाग विभागका प्रमुख प्रा.डा. लालु पौडेलबीच गुरुयोजना बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाका जनप्रतिनिधीले आफ्नो पहिलो कामको रूपमा नगरपालिकाको गुरुयोजना निर्माण गर्ने काम अघि बढाएका छन् ।बिना पूर्वाधार सबै ग्रामीण बस्ती मिलाएर नगरपालिका घोषणागरिएकाले दिगो विकासका लागि गुरुयोजना बनाउने जिम्मा त्रिबी भूगर्भशास्त्र केन्द्रीय विभागलाई दिइएको नगरप्रमुख पदमपाणी शर्माले बताए ।

‘सरकाले नगरपालिका घोषणागरेको छ तर, घोषणगरिएको नगरमा एक मिटर पीच सडक छैन,बस्ती विकास, पूर्वाधार निर्माण,खानेपानी,बाटोघोटो लगायत अन्य विषयमा समेत गुरुयोजना बनाएर अघि बढ्न आवश्यक भएकाले गुरुयोजनाबाटै पहिलो काम थालेका हौ’ शर्माले भने।‘गुरुयोजनामा सामाजिक, आर्थिक, भौर्ग्भिक, प्राकृतिक स्रोत साधनहरूको पहिचान गर्ने हाम्रो उद्देश्य हो।’

नगरपालिकाका योजनाहरू क्रमशः अल्पकालिन, मध्यकालिन र दिर्घकालिनरुपमा निर्माण गर्ने र बिषयगत बिज्ञताका क्षेत्रहरूमा त्रिभुवन विश्वविद्यालयबाट नियमित रूपमा सहयोग लिने गरी गुरुयोजना बनाउन लागिएको जानकारी शर्माले दिए।

गुरुयोजना निर्माण गर्ने दुवै पक्षबीच भएको सहमति अनुसार दसैँ लगत्तै गुरुयोजना निर्माणको काम थालिने विभागका प्रमुख प्रा.डा पौडेलले बताए। फलेबास भर्खर नगरपालिका भएको र यसमा गुरुयोजना बनाएर अघि बढ्दा शहरी विकास, पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण र व्यावसायिक करण र पर्यटन लगायतका अन्य क्षेत्रमा समेत दिगो रूपमा काम गर्न सहज हुने विश्वास उनको छ । ‘नगरको भविष्यको बाटो कोर्ने र सबै नागरिकले स्वीकार गर्ने गुरुयोजना निर्माण गर्न आवश्यक छ, त्यही जनभावना अनुसारको कार्य हामीले गर्ने छौ’ उनले भने।

समझदारी पत्र हस्ताक्षरको क्रममा त्रिबी भूगर्भ विभागका सहप्राध्यापक डा. दिनेश पाठकले स्रोतको पहिचान, संरक्षण र दिगो विकासका लागि गुरुयोजना महत्त्वपूर्ण हुने बताए । फलेबास नगरपालिकाको पहिलो कार्यपालिकाको बैठकले नगरको समग्र पूर्वाधार बिकासकोलागि गुरुयोजना बनाएर अघि बढ्ने निर्णय गरे अनुसार गुरुयोजनाको सम्झौता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =