भाले भिडन्तमा चेला दीपकराज गिरीले गुरु छवि ओझालाई यसरी पछारे

“
काठमाडौँ, भदौँ ३० । कुनै समयका बाघ निर्माताका छवि बनाएका छवि ओझाको चार्म घटेकै हो वा उनी आफ्नै चेलाको स्टारडमबाट हच्केका हुन् ? सिने वृत्तमा चर्चा चल्न थालेको छ । पहिला चर्चा, छायाँकनपूर्व दीपकराज गिरी र दीपा निरौलाहरुद्वारा निर्मांण गरिएको छक्का पञ्जा–२ रिलिज मिति भदौँ १६ गतेबाट असोज ११ गतेलाई सारिएको थियो ।
दीपक–दीपाले चलचित्र रिलिज मिति तोकेकै दिन छवि ओझा निर्मित तथा कान्छीपत्नी शिल्पा पोखरेल अभिनित ‘मंगलम’ को प्रदर्शन मिति निर्धारित गरिएको थियो । यी दुईबीचको भाले भिडन्तबाट अन्ततः छवि ओझा पछि हटेका छन् । उनले असोज ११ गते दीपकका लागि छाडिदिएका छन् र उनी फागुन ४ मा धकेलिएका छन् । यसरी तोकिएको मितिमा चलचित्र प्रर्दशनी गर्नबाट हात झिक्नुको पछाडि चलचित्र विक्रेता अर्थात् हल मालिकले मध्यस्थता गरेका थिए ।
एफडी र बिके फिल्मसले मध्यस्थाकर्ताको भूमिका निर्वाह गरेपछि छवि ब्याक हुन राजी भएका हुन् । दीपाश्री निरौलाले निर्मांण गरेको चलचित्रमा वर्षा राउत, प्रियंका कार्की, दीपकराज गिरी, स्वस्तिमा खड्का, केदार घिमिरे, जितु नेपाल, बुद्वि तामाङ, स्वरूप पुरुष ढकाल, किरण केसी, शिवहरि पौडेल, निश्चल बस्नेतलगायतको अभिनय रहेको छ भने छविराज ओझाको मंगलममा शिल्पा पोखरेललाई देख्न पाइन्छ । हरि गजुरेल
“








