सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं, भदौ २९ । मलेसियामा जारी १९ वर्ष मुनीको पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल सिंगापुरलाई सात विकेटले पराजित गरी समूह ‘ए’को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले २८ दशमलब ३ ओभरमा सवै विकेट गुमाएर ६७ रन बनायो । विजयी लक्ष्य नेपालले १३ दशमलब ४ ओभरमा तीन विकेट गुमाएर पुरा ग¥यो ।

नेपालका लागि सन्दिप सुनारले २०, अनिलकुमार साहले १८ र आशिफ शेखले छ रन बनाउनुभयो । अमित महर्जन १० र सन्दिप जोरा सात रनमा अविजित रहनुभयो । बलिङतर्फ नेपालका लागि पवन सर्राफले ६ विकेट लिनुभयो । किशोर महतोले दुई तथा सन्दिप लामिछाने र कप्तान दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eleven =