हिरो ‘आई’ लिगः नेपाली खेलाडी किरण चेम्जोङ आबद्ध मिनर्भा पञ्जाब विजयी, चेम्जोङ बने ‘म्यान अफ् दी म्याच’

मंसिर २५, काठमाडौँ । भारतमा जारी हिरो ‘आई’ लिग फुटबलमा चेन्नई सिटीलाई ३–१ गोलले पराजित गर्दै  नेपालका राष्ट्रिय गोलकिपर किरण चेम्जोङ आबद्ध रहेको मिनर्भा पञ्जाब विजयी भएको छ । 

पञ्जाबको जितका लागि नेपाली गोलकिपर किरणको महत्वपूर्ण योगदान रह्यो । उनले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरे भने चेम्जोङ नै ‘म्यान अफ दी म्याच’ समेत हुन सफल भए ।   

पञ्जाबकातर्फबाट खेलको ७८ औं मिनेटमा गोल गर्दै एसियर पिएरिकले अग्रता दिलाउन सफल भएका थिए भने खेलको ८५ औँ मिनेटमा पेड्रो जाभियर मान्जीले गोल गर्दै चेन्नईलाई खेलमा बराबरी बनाए ।   

तर यता पञ्जाबका लागि पुनः गोल थपियो । खेलको ८७ औँ मिनेटमा थोइबा सिंहले गर्दै पञ्जाबलाई २–१ को अग्रता दिलाए । ९१ औं मिनेटमा सर्जियो बार्बोजाले गोल गरेपछि पञ्जाब ३–१ गोल अन्तरले विजयी भयो । चेन्नईले अन्य गोल थप्न नसक्दा खेलमा हार बेहोर्नु पर्यो ।  

तेस्रो चरणको खेल जारी रहँदा पञ्जाब ४ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =