कप्तान मल्ललाई बधाई दिँदै प्रधानमन्त्रीले भने– नेपाली क्रिकेटले नयाँ उचाई लिनेछ
मकालु खबर
२०७६ कार्तिक १५ गते
कार्तिक १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन्।
प्रम ओलीले आज (शुक्रबार) एक ट्वीट गर्दै कप्तान मल्ललाई शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्, ‘नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।’
मल्ललाई नेपाल क्रिकेट संघ (क्यान) ले गत बुधबार नेपाली टोलीको कप्तानमा नियुक्त गरेको थियो ।
मकालु खबर
२०७६ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित