ए डिभिजन लिग : जितसँगै हिमालयन शेर्पा लिगको १० औं स्थानमा
फागुन २, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत शुक्रबार भएको खेलमा एनआरटी क्लबलाई हिमालयन शेर्पा क्लब विजयी भएको छ ।
एन्फा कम्प्लेक्स मैदानमा आफ्नो अन्तिम खेलमा एनआरटी शेर्पासँग २–१ गोलले पराजित भएको हो । सुरुवाती अग्रता लिएपछि आफ्नो अग्रतालाई कायम राखन नसक्दा एनआरटी परािजत भएको हो । खेलको ३१ औं मिनेटमा राजेश परियारले गोलगर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।
शेर्पाले ४१ औं मिनेटमा शेर्पाले बराबरी गोल फर्कायो । स्टेफन समिरले गोलगर्दै खेललाई बराबरीमा ल्याएका हुन् । पहिलो हाफको इन्जुरी समयमा त्रिदेव गुरुङले गोलगर्दै शेर्पालाई अग्रता दिलाए ।
त्रिदेवको गोलमा शेर्पा विजयी भएको हो । आजको खेलमा त्रिदेव म्यान अफ दी म्याच भएका छन् । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगको सुखद अन्त्यसँगै १४ अंक बनाएको शेर्पा १०औं स्थानामा उक्लियो । १५ अंक बनाएको एनआरटी नवौं स्थानमा रहेको छ ।