इन्टर मिलानलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना विजयी

असोज १६, काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोनाले पहिलो जित हात पारेको छ । बार्सिलोनाले बुधबार राति भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । समूहको पहिलो खेलमा भने बार्सिलोना बराबरीमा रोकिएको थियो ।   

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलको तेस्रो मिनेटमा इन्टरकातर्फबाट  लाउटारो मार्टिनेजले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक खाएको बार्सिलोनाले दोस्रो हाफको ५८ औं मिनेटमा बराबरी बनाउन सफल भयो । 

 बार्सिलोनाका तर्फबाट स्वारेजले गोल गर्दै बार्सिलोनालाई बराबरीमा पुर्‍याएका थिए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले नै दोस्रो गोल गर्दै बार्सिलोनालाई जिताउन सफल भए । स्वरेजले गरेको दोस्रो गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो र बार्सिलोनाले पहिलो जित हात पार्न सफल भयो ।   

null

जितसँगै समूह एफ मा रहेको बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =