स्वावलम्बन कार्यक्रम मार्फत् महिला हिंसा न्यूनिकरण

भदाै २७, काठमाडाै । सरकारले आर्थिक स्वावलम्बन कार्यक्रम मार्फत् महिला हिंसा न्यूनिकरण गर्दै लैजाने योजना अघि सारेको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले आर्थिक स्वावलम्बन कार्यक्रममार्फत् महिला हिंसा जस्ता जघन्य अपराधका घटना अन्त्य गर्ने योजना बनाइएको जानकारी दिनु भएको हो ।

मन्त्री कोइरालाले महिलाहरूलाई आयआर्जनको माध्यामबाट सशक्त बनाउन सकेमात्रै महिला हिंसा जस्ता घटना न्यूनिकरण गर्न सकिने बताइन । मङ्गलवार काठमाडाैमा पत्रकार सम्मेलन गरी मन्त्री कोइरालाले मन्त्रालयका सुधारका लागि ३७ बुदे कार्ययोजना सार्वजनिक गर्दै महिला सशक्तिकरणको अभियानलाई तीव्रता दिन जोड दिने नीति लिइएको पनि स्पष्ट पारिन ।

मन्त्री कोइरालाले महिला र सडक बालबालिकामाथि हुने अपराध नियन्त्रण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार समूह गठन गर्न लागिएको पनि जानकारी दिइन । उनले स्थानीय तहका सबै नागरिक समाजका अगुवाहरु समेतको प्रतिनिधित्व हुनेगरी गठन गरिएको उद्धार समूहले स्थानीय तहमा महिला र बालबालिकामाथि हुने अपराध अन्त्य हुने विश्वास व्यक्त गरिन ।

मन्त्री कोइरालाले जेष्ठ नागरिकहरूको सम्मानका लागि सबै प्रदेशमा कम्तीमा १।१ वटा जेष्ठ नागरिक आश्रम स्थापना गर्ने, सार्वजनिक स्थलमा हुने लैंगिक हिंसा अन्त्य गर्न लागि पर्ने, छाउपडी, कमलरी, प्रथालगायतका कूरुति हटाउन विशेष कार्यक्रम नै सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी थिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =