किटबाट परीक्षण गर्दा सप्तरी र गोरखामा गरी थप तीनमा कोरोना पोजिटिभ

वैशाख ३, काठमाडौं । सप्तरीका दुईजनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ ।   

भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ देखिएको हो । तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजिटिभ पाइएको छ ।   

सात जनाको मङ्गलबार राति राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गरिएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले जानकारी दिएका छन् । उनीहरुमध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको हो । अर्का एक जना सुरुङ्गा नगरपालिकाको रहेको र उनलाई आज स्वाब परीक्षणकालागि राजविराज ल्याइदै छ ।   

null

गोरखामा पनि पोजेटिभ   

यस्तै गारखाको आरुघाटका एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ । आरडीटीकिटबाट जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एकजनाको पोजेटिभ देखिएको हो ।  मंगलबार आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्ये २० जनाको जाँच गरिएको थियो । उनीहरुमध्ये एकजनाको एकजनाको रिपोर्ट पोजेटिभ देखिएको हो । 

तर गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहाल कोरोना पुष्टि भईनसकेको बताएका छन् । ‘विदेशबाट आएकाहरुको चेकजाँच गरिएको हो, कोरोना पुष्टि भइसकेको छैन,’ अध्यक्ष दाहालले मकालु खबरसँग भने- ‘परीक्षणका लागि नमुना पोखरा पठाएको छ, अहिले यकिन भएको छैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + nineteen =