म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

असोज ३, काठमाडौं । युवा मिडफिल्डर मासन ग्रिनवुडको गोल सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा कठिन जित निकालेको छ । 

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले काजकस्तानको एफसी अस्तानालाई १–० ले पराजित गरेको हो । युवा खेलाडीलाई बढी मौका दिएको प्रशिक्षक ओले गनर सोल्सजरको टोलीले बल पोजेसनमा पकड राखेपनि जितका लागि निकै संघर्ष गर्नु परेको थियो । 

खेलको चौथो मिनेटमा नै फ्रेडको प्रहार बारमा लागेर बाहिरिदा युनाइटेडले खेलको शुरुमै अग्रता लिने मौका गुमाएको थियो । १३औं मिनेटमा एन्जल गोमेजको प्रहार गालरक्षक निनाद इरिकले विफल पारिदिएका थिए । 

२१औं मिनेटमा युनाइटेडका मार्कोस रोजोले दिएको लामो पासमा मार्कोस रासफोर्डको प्रहारलाई गोलरक्षक इरिकले मुस्किलले बचाउदै युनाइटेडलाई निराश पारिदिए । ५३औं मिनेटमा एन्जल गोमेजको कर्नरमा मासन ग्रिनवुडले पोस्टनजिकैबाट गरेको प्रहार डिफ्लेक्ट हुदै बाहिरिएको थियो । 

लगातार पोस्ट आक्रमण बुनेपनि गोलका लागि ७३औं मिनेट कुर्नुपरेको थियो । ब्राजिली फ्रेडको पासमा १७ वर्षीय युवा मिडफिल्डर ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । युनाइटेडमा ग्रिनवुडको यो पहिलो गोल हो । 

८०औं मिनेटमा रासफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा युनाइटेडले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड १–० ले विजयी हुन सफल भयो । 

जितसँगै युनाइटेडले समूह ‘एल’ मा ३ अंक जोडेको छ । एस्टाना अंकविहीन छ । यही समूहको अर्को खेलमा वियोग्राड र एजेट अल्कामारले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।   

–एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =