कन्ट्याक्ट लेन्सलाई दोहोर्‍याएर प्रयोग गर्नुहुन्छ ? दृष्टि बिहिन हुन सक्छ हैँ

फाेटाेः गुगल 

चैत्र ६ ।  यदि तपाई कन्ट्याक्ट लेन्सलाई दोहोर्‍याएर प्रयोग गर्नुहुन्छ भने सावधान रहनुहोस् । बेलायतमा कन्ट्याक्ट लेन्स प्रयोग गर्ने मानिसमा यस्तो संक्रमण देखिएको छ जसले गर्दा मानिस दृष्टिविहिन पनि हुनसक्छ । 

‘एकान्थामोइवा केराइटिस’ नामको संक्रमणको कारण आखाँको कोर्नियामा पीडा र जलन हुन्छ । यो संक्रमण सूक्ष्मजीवका कारण फैलिन्छ । 

Image result for कन्ट्याक्ट लेन्स

यसबाट पूर्णरुपमा संक्रमित हुने मानिसको दृष्टि क्षमतामा २५ प्रतिशत कम हुन्छ र उ पूर्णरुपमा दृष्टिविहिन पनि हुनसक्छ । यो बिमारीको उपचार सम्भव छ । यसबाट प्रभावित रहेका २५ प्रतिशत मानिसहरुले उपचारका लागि कोर्नियाको प्रत्यारोपण गर्नुपर्छ । 

शोधको दौरान यस्तो संक्रमणमा वृद्धि भैरहेको देखिएको थियो । 

वैज्ञानिकका अनुसार कन्ट्याक्ट लेन्सको लागि प्रयोग हुने घोलको कारण लेन्स दूषित हुन्छ । यसबाट बच्नका लागि हात राम्ररी धोएर सुकाएपछि मात्र लेन्स छुनुपर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =