चर्चित बाबुका हट छोरीहरु ! (फोटो फिचर)

एजेन्सी । बलिउडमा पुस्ता नै अभिनयमा रहेका धेरै परिवार छन् । कपुर खान्दान देखि खान सम्म बाजेदेखि नाति नातिनीसम्म अभिनयमा छन् । चर्चित कलाकारका छोरीको रूपमा बलिउडमा प्रवेश गरेका कतिपय हिरोइनहरुले भने बलिउडमा निक्कै हट छवि बनाए । यहाँ त्यस्तै अभिनेता बाबुका हट छोरीहरुको चर्चा गरिएको छ ।

श्रुती हसन र सोनम कपुर

श्रुती हसन र सोनम कपुर चर्चित अभिनेताका छोरी हुन् । कमल हसनकी छोरी श्रुती दक्षिणका चलचित्रमा निक्कै जमेकी अभनेत्री हुन् भने सोनम कपुर अनिल कपुरकी छोरी हुन् । यी चर्चित बाबुका छोरीहरुले बलिउडमा भने आफ्नो छवि हट अभिनेत्रीको रुपमा बनाए ।

गोबिन्दाकी छोरी नर्मदा

हसाउन र नचाउन जान्ने बलिउड आइकन गोबिन्दाकी छोरी सुरु देखि नै ग्लायमरस देखिँदैछिन् । रिल लाइफमा प्रवेश गर्नु अघि नै उनी वास्तविक जीवनमा हट गर्लको रुपमा चिनिन थालेकी छिन् ।

करीना कपुर

चर्चित अभिनेता रणधीर कपुरकी छोरीहरू करिश्मा र करिना बलिउडमा सुन्दरताका लागि चर्चित छन् । करिनाको हट अवतार धेरै चलचित्रमा देखिएको छ । जिरो फिगरको जादु चलाउन सफल करिना सुन्दरताकै कारण केही चलचित्रमा राज गरेकी भन्नु समेत अत्तियुक्ति हुँदैन ।

सोनाक्षी सिन्हा

चर्चित कलाकार शत्रुघ्न सिन्हाकी छोरी अव बलिउडमा सुन्दरताकै कारण चिनिन्छिन् । मोटी र ठुलो जिउ भए पनि उनको सुन्दरताको चर्चा हुने गरेको छ । उनलाई पनि हट हिरोइन् भन्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =