एमालेद्धारा उम्मेदवारको सूची सार्वजनिक

काठमाडौं, भदौ २० । नेकपा एमालेले प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनका लागि उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । निर्वाचनको प्रचार–प्रसार तीब्र बनिरहेको अवस्थामा सरकार र सत्तापक्षीय गठबन्धनबाट प्रदेश नं. २ का जनतालाई आतंकित गर्ने, मत प्रभावित गर्ने उद्देश्यले राज्यसत्ताको दुरुपयोग गर्ने रवैया बढ्दै गएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेले प्रदेश नं. २ मा शान्तिपूर्ण र भयरहित ढंगले मतदाताहरुले मदतान गर्न पाउने अधिकार सुनिश्चित गर्न तथा आचारसंहिताको कडाइका साथ पालना गराउन निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ ।

एमाले नेता योगेश भट्राइले विज्ञप्ति जारी गर्दै प्रदेश नं. २ मा हुन गइरहेको स्थानीय तहको चुनावका लागि शान्ति सुरक्षाको पूर्णतया ग्यारेन्टी गर्न र आम मतदातालाई भयरहित ढंगले मतदान गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार, सम्बद्ध सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =