क्याम्ब्रिज इन्ष्टिच्युटकाे सेवा अब अस्ट्रेलियामा पनि

कात्तिक २६, काठमाडाैं । क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले अस्ट्रेलियाको सिड्नीस्थित योर्क स्ट्रिटमा कार्यालय स्थापना गरी सेवा सुरु गरेको छ । कार्यालयको मणि सिलवाल र प्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

सिलवाल चितवन समाज अस्ट्रेलियाका कार्यकारी सदस्य, एजुकेसन सेन्टर अफ अस्ट्रेलिया (इका)का सदस्य तथा शैक्षिक परामर्श संस्था बीएमडब्ल्यूका सञ्चालक हुन् । पाण्डे क्वीन्स फोर्ड, भाइभ र एक्सिस कलेजका नेपाल प्रमुख हुन् । 

 

null

उद्घाटन कार्यक्रममा न्यू एरा इन्स्टिच्युट सिड्नीका डाइरेक्टर खलेद हम्माद, क्वीन्सल्यान्ड इन्टरनेसनल बिजनेस एकाडेमी सिड्नीका बिजनेस डेभलपमेन्ट मेनेजर टिमोथी टङ्ग, वेस्टर्न सिड्नी कलेजका बिजनेस डेभलपमेन्ट मेनेजर सुरज श्रेष्ठ, माई स्टडी वर्कका सह-संस्थापक तथा सिइओ फिलिप स्किफ लगायतको उपस्थिति रहेको थियो । 

अस्टेलियास्थित कार्यालयले एजुकेसन तथा भिसा सर्भिससँगै भिसा एक्सटेन्सन, विद्यार्थीको इन्कम ट्याक्स लजमेन्ट, माइग्रेसन सर्भिस लगायतका सेवा उपलब्ध गराउने क्याम्ब्रिजका संस्थापक शिशिर सिंम्खडाले बताए । 

‘अस्ट्रेलिया विकसित मुलुक, त्यसमाथि विश्वकै शैक्षिक केन्द्रविन्दु भएकाले यहाँ आइपुगेका नेपाली विद्यार्थी नअल्मलिउन् भनेर एयरपोर्टबाटै पिकअप गर्ने, सिम कार्ड निकाल्न सहयोग गर्नेदेखि भिसाको म्याद सकिएमा थप गर्ने जस्ता काम अस्ट्रेलिया अफिसले गर्नेछ’, उनले भने, ‘साथै, क्याम्ब्रिजले आफ्नैं होस्टल समेत सुरु गरिसकेको र विद्यार्थीलाई पायक पर्ने गरी होस्टलको व्यवस्थापनमा समेत यहाँको अफिसले सपोर्ट गर्नेछ ।’ विद्यार्थीलाई यातायातमा हुने दुविधा तथा बैंकिङ खाता खोल्नका लागि सहजीकरण गरिने सिंम्खडाले बताए । 

 

कलेज वा विश्वविद्यालय तथा कोर्स परिवर्तन गर्न चाहेमा त्यसमा पनि सहयोग गर्न सकिने अस्ट्रेलिया अफिसका म्यानेजिङ डाइरेक्टर राजकुमार भण्डारीले बताए । 

आठ वर्षअघि बिर्तामोडबाट सुरु भएको क्याम्ब्रिजले सुरुवाती दिनमा भारतका विभिन्न प्रसिद्ध कलेज तथा युनिभर्सिटीका लागि विद्यार्थीहरुलाई परामर्श दिँदै आएको थियो । गत वर्षदेखि क्याम्ब्रिजले काठमाडौँमा मुख्य कार्यालय स्थापना गरी अस्ट्रेलिया, युएसए, न्यूजील्यान्ड लगायत देशका लागि शैक्षिक परामर्श दिँदै आएको पूर्वाञ्चल प्रमुख निश्चल सिंम्खडाले बताए । 

अहिले अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थी बढेकाले त्यहाँ उनीहरुलाई पर्न सक्ने अप्ठ्यारोमा सहारा बन्न क्याम्ब्रिज कार्यालय सुरु गरिएको उनको भनाइ छ । ‘धेरै अभिभावकले हाम्रो भरमा आफ्ना छोराछोरी त्यहाँ पठाइरहनु भएको छ,’ उनले भने, ‘त्यसैले अस्ट्रेलियामा अफिस स्थापना गरेर विद्यार्थीलाई सहज वातावरण सिर्जना गर्नु हामीले कर्तव्य ठानेका छौँ ।’ नेपालका प्रमुख सहरहरुमा रहेर १३ वटा शाखाबाट क्याम्ब्रिजले निरन्तर शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =