मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

माघ १७, रत्ननगर । भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

गए राति करीब १०ः३० बजे ना ५ ३ प ९७५२ नं. को मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 8 =