सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति दिन सुरु

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिन सुरु भएको छ । शुक्रबार बिहान सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले धनगढी स्थित कार्यालयबाट पुनः मलेसिया जान लागेका गोर्खबहादुर खवासलाई पुनः श्रम स्वीकृति प्रदान गर्दै सेवा सुरू गरेका हुन्। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गर्ने अभियान अन्तरगत पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो। 

यसअघि प्रदेश–२ को जनकपुर, प्रदेश ५ को बुटवल, प्रदेश ४ को पोखरा र कर्णाली प्रदेशको सुर्खेतबाट सेवा सुरु भइसकेको छ । प्रदेश कार्यालयहरुबाट पहिलो चरणमा पुनः श्रम स्वीकृतिको काम सुरु भएको हो। 

null

पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने भएपनि छिट्टै पूर्व स्वीकृतिको काम पनि प्रदेश कार्यालयबाटै हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =