दिदी रेखा थापाको भोट खेर गएन, सचिवमा भाइ नरेशले बाजी मारे

काठमाडौं, भदौँ १७ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २१ औँ एकता महाधिवेशनमा खुल्ला तर्फबाट सचिवका प्रत्यासी नरेश रेग्मीलाई नायिका रेखा थापाको आशिर्वाद लागेको छ । महाधिवेशनअघि ‘मेरो एक भोट नरेशलाई’ नायिका थापाले समाजिक सञ्जाल फेसबुकमार्फत नरेशका लागि भोट समेत मागेकी थिइन् । नभन्दै खुल्ला सचिवका उम्मेदवार रेग्मीले जित हासिल गरेका छन् ।

दिदी भाईको सम्बन्ध होस् त यस्तो । खुल्ला सचिव पदमा विजयी हासिल गरेलगत्तै रेग्मीको फेसबुकमा ट्याग गरेर नायिका थापाले कार्यकालको बधाइ दिएकी छिन् । ‘यु डिजर्भ इट..डु बेस्ट’ भन्दै रेग्मीलाई कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् भने रेग्मीले ‘थ्याङक यु दिदी अ ह्युज पार्ट अफ क्रेडिट गोज टु यु टु’ भन्दै रेखाको सहयोगप्रति आफू ऋणी भएको भावना व्यक्त गरेका छन् ।

रेग्मी विद्यार्थी राजनीतिमा सक्रिय भइ एक कुशल र क्षमतावान् विद्यार्थी नेताका रुपमा कहलिएका विद्यार्थी नेता हुन् । प्रदर्शनीमार्गस्थित आर आर कलेजका त्रिवि पत्रकारिता विधामा उत्कृष्ट विद्यार्थी समेत हुन् । हाल उनी अध्ययन र राजीतिसँगै अध्यापन पेशा अँगाल्दै आएका छन् । कलेजका विद्यार्थीलाई पढाउनु र भावी देशको बारेमा विद्यार्थीहरुसँग गन्थन मन्थन गर्नु नै आफ्नो कर्म सम्भिन्छन् उनी ।

यससँगै महाधिवेशनबाट अध्यक्षमा रञ्जित तामाङ, खुल्ला उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् भने महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् । महासचिवमा उत्तम अधिकारी,उपमहासचिव जीपी मैनाली, तुकमान महरा,कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् । खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका हुन् । यससँगै २१ औँ अखिल क्रान्तिकारीको महाविधवेशनले सचिव पदका लागि १६ जना चुनेको छ । अब, औपचारीक घोषणा हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seventeen =