दिवंगत पर्यटनमन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त
२०७५ फागुन १७ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान सोरूप राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत मन्त्री अधिकारीको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने नेकपा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएका छन् ।
टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सर्वसाधारण लगायतको उपस्थिति रहेको छ ।
null
२०७५ फागुन १७ गते
प्रतिक्रिया








