परमिता र बुद्धिको ‘दि कर्मा’ ले पायो शोलो रिलिज

माघ १६, काठमाडौँ । कलाकार परमिता राज्यलक्ष्मी राणा र बुद्धि तामाङ भिलेन भएको चलचित्र ‘दि कर्मा’ले फ्राइडे रिलिज मा शोलो रिलिज पाएको छ ।
केही महिना अघीमात्रै दुई या ती वटा नेपाली चलचित्र एकैसाथ जुध्दै आईरहेको थियो भने केही साता यता देखीमात्र नेपाली चलचित्रले शोलो रिलिज पाईरहेकाे अवस्था हाे । याे नेपाली चलचित्रकाे लागि सुखद क्षण पनि हाे ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रमा परमिता र बुद्धिसँगै नीता ढुंगाना, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित, करण वर्मा लगायत कलाकारको भूमिका रहेको छ ।

चलचित्र सेन्सरबोर्डबाट पिजी सटिफिकेट पाएको यस चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटना बिषयलाई उठाईएको छ । एक्सनले भरिपूर्ण यस चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेको हो भने चलचित्र जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो ।
‘दि कर्मा’को कथा निर्माता जय राज राय आफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।
‘दि कर्मा’को पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् । चलचित्रले केही मल्टिप्लेक्स हलहरुमा शो पाउन सफल भएकाे छ ।








