मैले अरु कुरा नै गरेको छैन तर उहाँले यहाँ यो मात्र चल्छ भन्नु भएको चाही हो

“
काठमाडौँ, भदौँ १२। पाँच दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सबैको तारो बन्न पुगे, समकक्षी नरेन्द्र मोदीसँग संविधान संशोधनका बारेमा कुरा गरेर । तर, भ्रमण सकाएर हिजो स्वेदश फिर्ता भएका प्रधानमन्त्री देउवाले छिमेकी राष्ट्र भएकाले यसबारे जान्न खोज्नु नाजायज हेन भन्दै प्रष्टिकरण दिए । त्यति बेला समकक्षी मोदीसँग ‘जसरी भए पनि संविधान संशोधन गरेर मुलुकलाई सम्वृद्धितर्फ लैजान्छौँ ।’ भन्दै उनले बाचा गरेका थिए ।
पाँच दिने भारत भ्रमण सफल भएको बताउँदै देउवाले आफ्नो मनको कुरा भने । ‘प्रधानमन्त्री मोदीले नेपालको राजनीतिक घटनाक्रमबारे बुभ्न खोज्नु गलत होइन । त्यसैले एक छिमेकीले अर्काे छिमेकीको व्यथा बुझ्नु साधारण नै हो ।’ उनले भने ‘भेटका क्रममा संविधान संशोधनका विषयमा हामी गफिँदा यता राजनीतिक दलबाट व्यक्त भएका विचारहरुले मैले थाहा पाएको छु । त्यसैले यो टिप्पणीबारे मेरो ध्यानाकर्षण छ । त्यसैले संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधान कार्यान्यन गर्नु हाम्रो राष्ट्रिय एजेन्डा हुन् ।’
हाम्रो संविधान कार्यान्वयनमाथि कुनै पनि छिमेकीले गिद्धे नजर लगाउँछ भने त्यो स्वीकार्य हुने छैन । त्यसविरुद्ध उत्रिने छौँ । त्यसैले संविधानको कार्यान्वयन नितान्त नेपाल र नेपालीको आन्तरिक विषय भएको भन्दै उनले यसबारे कसैसँग कुनै छलफल नभएको बताए । बरु आफूले समकक्षी मोदीलाई नेपाली नम्बर प्लेटका बुलेटको कुरा राख्दा यहाँ भारतीय बुलेट मात्रै सञ्चालन हुन सक्ने बताए ।
“








