सौर्यमण्डलका यी ग्रहमा हुन्छ हिराको वर्षा
२०७४ जेठ १५ गते

“
एजेन्सी । सौर्य परिवारको एक ग्रह पृथ्वीमा पानीको वर्षातले कहिलेकाहीँ बबण्डर मच्चाउँछ । तर, यही मण्डलका दुई ग्रहहरु, अरुण र बरुणमा चाहिँ हिराको वर्षा हुन्छ । वैज्ञानिकहरुका अनुसार, पछिल्ला केही दिनयता अरुण र बरुण ग्रहमा हिराको अविरल वर्षा भइरहेको छ ।
वैज्ञानिकहरुका अनुसार, यी दुई ग्रहको भित्री भागमा वायुमण्डलीय चाप अत्यधिक हुन्छ । जसका कारण हाइड्रोजन र कार्वनका बण्ड टुट्दछन् । सोही कारण हिरा बन्दछ र त्यहाँ हिराको वर्षात हुन्छ । यसरी वर्षा भएको हिरा हजारौँ वर्षदेखि यी ग्रहको हिम सतहमाथि जम्मा भइरहेको छ ।
जसरी पृथ्वीमा वायुमण्डलीय चापका कारण पानीको बाफ बादलबाट पानी, हिउँ वा असिना आदिको रूपमा पृथ्वीमा झर्दछ । त्यसै गरी अरुण र बरुणमा अत्यधिक उच्च वायुमण्डलीय चापका कारण वायुमण्डलमा रहेको मिथेन टुक्रिएर हाइड्रोजन र कार्वन बन्दछ । सो कार्वन पनि अत्यधिक चापका कारण हिरामा परिवर्तत हुन्छ र भुइँमा वर्षिन्छ ।
वैज्ञानिकहरुका अनुसार, अरुण र वरुण ग्रहमा वर्षात हुने हिराको आकार सामान्य असिना तथा पत्थर जत्रै आकारको हुनसक्छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








