२५ औ वैवाहिक वर्ष गाँठमा २५ लाखको अक्षयकोष खडा

फागुन २, धरान । रुद्र राम स्मृति प्रतिष्ठानका संरक्षक बिश्व वन्धु ताम्राकार तथा प्रतिष्ठानकी अध्यक्ष सुलोचना ताम्राकारको २५ औं वैवाहिक वर्ष गाँठलाई समाजसेवामा समर्पित गर्दै मनाएका छन । 

सोही अबसरमा समाजसेवा गर्ने उद्देश्यले रुद्र राम स्मृति प्रतिष्ठान नामक १५ लाख रुपैयाको अक्षय कोष समेत खडा गरेका छन । 

प्रतिष्ठानले समाजका ९९ सय वर्षीय जेष्ठ नागरीक तिर्थ वहादुर श्रेष्ठ र १०२ वर्षीय चन्द्र कुमारी श्रेष्ठलाई सम्मान समेत गरेको छ । 

null

 

सोही कार्यक्रममा वन तथा पशुपक्षी राज्य मन्त्री रामकुमारी चौधरीले प्रतिष्ठानले गरेको सामाजिक कार्यको प्रशंशा गरिन् । उनले विभिन्न बहानामा अनावश्यक खर्च गर्ने परम्परा रहेको र सो परम्परालाई केही हदसम्म यस्तो कार्यले तोड्ने विस्वास ब्यक्त गरिन् । 

कार्यक्रममा पुर्व स्वास्थ्य राज्य मन्त्री धनमाया बिक खनालले प्रतिष्ठानलाई समाजमा शुभकार्य गर्दै जान शुभकामना दिँदै सामाजिक विक्रिति विसंगतिलाई समाज सेवाकै माध्यमबाट चिर्न सुझाव दिइन् । 

 

कार्यक्रममा प्रतिष्ठानका संरक्षक बिश्व बन्धु ताम्राकारले समाज र देशका लागि केहि गर्नु पर्छ भन्ने उद्देश्य लिएर संस्था खडा गरेको बताए । ताम्रकारले आउँदो वर्षहरुमा अझै कोषमा रकम थप्दै जाने बताए । 

कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार काजिनाथ ताम्राकारले दिवंङगत रुद्रप्रसाद ताम्राकारको जिवन यात्रा वारे प्रष्ट पारे । कार्यक्रममा स्व.रुद्र प्रसाद ताम्रकारको जिवनीमा आधारित लिखित रुद्र दाईया नामक पुस्तक पनि विमोचन गरिएको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =