बर्थिङ सेन्टरमा स्ट्रेचर वितरण गर्न शुरु

जुम्ला, भदौ ९ । जिल्ला स्वास्थ्य कार्यालय जुम्ला अन्तर्गतका बर्थिङ सेन्टरमा स्टेचर वितरण गर्न शुरु भएको छ । स्वास्थ्य संस्थाको आवश्यकताको आधारमा स्टेचर वितरण गर्न शुरु भएको हो । अहिले सम्म जिल्लाको १० बर्थिङ सेन्टरमा स्टेचर वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

अहिले सम्म अस्पताल पुग्नको लागी सडक नपुगेको स्वास्थ्य चौकीलाई ३ वटा र सडक पुगेकोमा २ वटा स्टेचरको दरले २७ वटा स्टेचर वितरण भईसकेको अनमी हिमाली खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्षको लागी ५३ वटा स्टेचर वितरणको लागी स्वास्थ्य कार्यालयमा खरिद गरेर ल्याएको हुनाले बाँकी रहेका स्वास्थ्य संस्थामा स्टेचर मागको आधारमा वितरण भईरहेको छ । युनिसेफ नेपालको सहयोगमा जुम्लाका स्वास्थ्य संस्थालाई स्टेचर खरिद गरिएको बताईएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *