यी हुन्, गोठाले जीवनबाट रंगीन दुनियाँमा छिरेर तहल्का मच्चाउँने कलाकारहरु

अहिलेका लोकप्रिय नेपाली नायक नायिकाहरुले सायदै सोचेका थिए, त्यो सफलताको शिखर चुम्छु भनेर ।  भनाई नै छ नि ‘सोचजस्तो जीवन हुँदैन ।’ नेपाली समाजमा अरू पेसाभन्दा बढी गिद्धे नजर लगाइने पेसा कलाकारिता नै हो । कलाकार भएर हात मुख जोर्न सकिँदैन भन्ने आम मानिसको मनमस्तिस्कलाई क्षणभरमा पगाल्न सफल भएका तिनै ५ नायक÷नायिकाहरुको बारेमा छोटो चर्चा :

१.दयाहाङ राई

भोजपुर खावा गाविसका ३७ वर्षीय अभिनेता दयाहाङ् राईसँग रंगीन दुनियाँमा प्रवेश गर्दा आफ्नै खालका सङ्घर्ष छन् ।  १६ वर्षसम्म खेतीपाती र गाईबस्तु गोठालो गर्दै अन्नपूर्ण उच्च माध्यामिक विद्यालयबाट एसएलसी (प्रवेशिका परीक्षा) उत्तीर्ण गरेर भोजपुर बहुमुखी क्याम्पसमा उच्च तह अध्ययनका लागि भर्ना भए । तर, सपना सहर छिरेर रंगीन दुनियाँमै धमाका मच्चाउँने थियो । नाट्य क्षेत्र हुँदै रंगीन दुनियाँ प्रवेश गरेका उनी ‘लुट’ चलचित्रबाट एकाएक हिट भए । त्यसपछि उनले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । लोफर, झोले,कबड्डी,लगायत दर्जनौँ चलचित्र र नाटक निर्देशन र अभिनय गरिसकेका राई नेपाली चलचित्र क्षेत्रमा व्यस्त कलाकार हुन् । हालै उनको मुख्य अभिनय रहेको सेतो सूर्य नामक चलचित्र ओस्कार अवार्डका लागि मनोनयनमा समेत परेको छ ।

२.सौगात मल्ल

नवलपरासीका ४१ वर्षीय सौगात मल्ल नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा निर्माता हुन् । उनले नेपाली चलचित्र कागबेनीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनका पनि रंगीन दुनियाँमा प्रवेश गर्दाका आफ्नै कथा व्यथाहरु छन् । लुट चलचित्रले ‘हाकुकाले’को अभिनयबाट चलचित्र क्षेत्रमा राज जमाएका मल्लले त्यसपछि पछि फर्केर हेर्नुपरेको छैन । लुट चलचित्र निर्माणपश्चात्को कबड्डी र कबड्डी– कबड्डी चलचित्रले उनको सान बेग्लै बनायो । चलचित्रमा उनको नेवारी शैलीले दर्शकलाई छुट्टै खालको आनन्द प्रदान गरेको छ । त्यसैले अरू नायकभन्दा अभिनयमा उनको आफ्नै खालको विशेषता झल्किन्छ ।  यसले उनको दर्शक क्रेज बढीरहेका छन् ।  उनी अहिले विभिन्न चलचित्रको सुटिङका लागि दौडानमा नै छन् ।

३.निश्चल बस्नेत

अहिले सहर बजार जताततै घन्कने गीत हो, ‘कुटुमा कुटु’ । भदौ २३ बाट प्रदर्शनमा आउँने २ रुपैयाँ चलचित्रका निर्देशक निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रभित्रका निर्देशकमध्ये त्यस्ता निर्माता,गायक र अभिनेता हुन्, उनले जुनै चलचित्र निर्देशन गरे पनि पछाडि फर्किनु परेको छैन । चलचित्र लुट निर्देशक गरेर नेपाली चलचित्र क्षेत्रको बेग्लै पहिचान बनाउँन सफल भएका उनी दोस्रो चलचित्र कबड्डीमार्फत झन् चर्चामा आए । त्यसकै सिक्वेयल कबड्डी–कबड्डीले दर्शकहरुको मन मस्तिष्क झनै गाँज्यो । यसअघि नै चलचित्र टलकजंग भर्सेज टुल्के निर्माण गरिसकेका उनको लुट–२ को सफलतापूर्वक व्यापार भएको छ ।

४.खगेन्द्र लामिछाने

पशुपति चलचित्रबाट आफ्नो बेग्लै पहिचान बनाउँन सफल लेखक खगेन्द्र लामिछाने नेपाली चलचित्र क्षेत्रका नवप्रसिद्ध कलाकार हुन् । उनले पशुपति प्रसादमा देखाएको कला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय भयो । बधशाला चलचित्रमार्फत रंगीन दुनियाँमा प्रवेश गरेका उनले दर्जनौँ नाटकमा अभिनय गरिसककेका छन् । आफ्नै लेखनमा बनेको चलचित्र ‘टलकजङ भर्सेज टुल्के’मा ‘टुल्के’ भएर भूमिका निर्वाह गरेका उनले द्धन्द्धकालका घटनाहरूलाई चलचित्रमा टपक्कै टिपेर दर्शकको ध्यान खिचेका छन् । लेखक समेत रहेका उनकोे पुस्तक ‘फूँलानी’ ले बजारमा निकै लोकप्रिय कमायो ।

५.अनमोल केसी

छोटो उमेरमा धेरै प्रगति गर्ने नायक तथा अभिनेता हुन्,अनमोल केसी । हेमराज बिसीद्वारा निर्देशित होस्टेल चलचित्रबाट रातारात शीर्ष स्थानमा पुग्न सफल अनमोल अहिले ‘कृ’चलचित्रको सुटिङतिर व्यस्त छन् । २० लाख पारिश्रमिक लिएर बजारमा तहल्का मच्चाएका उनले अमेरिकामा आयोजित ‘दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘गाजलु’ चलचित्रबाट उत्कृष्ट नायकको अवार्ड पनि उचालिसकेका छन् । अब,उनलाई फ्यानहरुले ‘कृ’ चलचित्रमा यसअघिका चलचित्रमा भन्दा बिल्कुलै फरक भूमिकामा देख्न सक्नेछन् । लामो कपाल, दाह्री, जुँगा, सेतो सर्ट, कालो पाइन्ट र कालै कोटमा उनको लुक्स देख्न सकिनेछ ।

१.सम्राज्ञी राज्यलक्ष्मी शाह

पछिल्लो समय नेपाली रजतपटमा सबैभन्दा व्यस्त नायिका हुन्, कुनै बेलाका शाह खान्दान परिवारकी २१ वर्षीय सम्राज्ञी राज्यलक्ष्मी शाह । आगामी हप्ता (भदौँ १६) बाट उनी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर–२’ प्रदर्शनमा आउँदैछ । अहिले उनी चलचित्रको प्रचारप्रसारमा देशभर दौडिरहेकी छिन् । चलचित्र ‘ड्रिम्स’ बाट डेब्यु गरेकी उनले दोस्रो चलचित्र प्रदर्शनसँगै थप चलचित्र समेत प्रदर्शनमा आउँदै छन् । ड्रिम्समार्फत् चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै युवा दर्शकमाझ लोकप्रिय बनेकी उनको यो दोस्रो चलचित्र अग्नि परीक्षाको रूपमा साबित हुनेछ ।

२.पूजा शर्मा

मोडल तथा नायक पल शाहसँग चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा सँगै काम गरेपछि थप पहिचान बनाउँन सफल भएकी हुन्,पूजा शर्मा । त्यसो त उनीद्वारा निर्मित चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले बजार मात्र पिटेन पल र उनको मिलन पनि गरायो । अहिले दुवै एक अर्काका प्रेम–प्रेमिका बनेका छन् ।  दुवैको जोडीलाई दर्शकले प्रशंसासँगै विवाह बन्धनमा बाँधिनसमेत सुझाव दिइरहेका छन् ।

३.आना शर्मा

यही शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट उनले आफ्नो अग्नि परीक्षा जाँच गराउन सफल भएकी छिन् । जेरी चलचित्रमार्फत सिने जगतमा पाइला टेकेकी उनका फ्यानहरु कति रहेछन् भन्ने दृश्य चलचित्र प्रदर्शनपश्चात् हलबाहिर देखियो,गत शुक्रवार । उनले आफ्ना फ्यानको आँखामा आँसु पुछ्दै सम्झाएको भिडियो भाइरल बन्यो । देशभरका ८० पर्दामा रिलिज भएको चलचित्रले सुखद व्यापार गरेको बताइन्छ । चलचित्रमा आनासँगै मुख्य भूमिकामा देखिएका कलाकार आशिरमान देशराजलाई यूवतीहरुले गालामै चुम्बन समेत गर्न भ्याए ।

४.एलिशा राई

एलिशा राई नेपाली चलचित्र क्षेत्रकी व्यस्त अभिनेत्री तथा मोडल हुन् । चलचित्र लुट– २ मा करिब पाँच मिनेटको नृत्य प्रस्तुतिपश्चात् लाखौँ फ्यान बटुल्न सफल भएकी उनले यसअगावै राई भाषाको चलचित्र बिनायोमा समेत अभिनय गरिसकेकी छिन् । चलचित्र बाहेक म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गर्ने उनी पनि पछिल्लो समय सबैभन्दा व्यस्त नायिकमा पर्छिन् ।

५.स्वस्तिमा खड्का

कलिलो उमेरमै विवाह गरेर नेपाली चलचित्र क्षेत्रको पहिचान छुट्टै  बनाउँन सफल,२२ वर्षीय नायिका स्वस्तिमा खड्का हुन् । निर्देशक हेमराज बिसीको होस्टेल रिटर्न्सबाट चर्चा छाए लगत्तै उनले जिवनसाथीका रूपमा निर्देशक निश्चल बस्नेतलाई बनाइन् । चलचित्र भन्दा पनि नृत्य क्षेत्रमा लोकप्रिय  उनले दोस्रो चलचित्र ‘लभ लभ लभ’मा आफ्नो कला प्रदर्शन गरिन् तर खासै बजारमा उनको कला बिक्न सफल भएन । त्यसपछि पति निश्चलसँग चलचित्र ‘२ रुपैयाँ’मा अभिनय गरेसँगै रातारात चर्चाको शिखरमा पुग्न सफल उनी अभिनित रहेको ‘कुटुमा कुटु’ बोलको गीत देशरभर सर्वाधिक चर्चामा रहेको छ भने  हालैमात्र सार्वजनिक भएको चलचित्र ‘नाइलनको साडीमा’ बोलको गीतले बजारमा झनै तहल्का मच्चाइरहेको छ । शब्द र सङ्गीत चोरिएको भन्दै यो गीत विवादित पनि बनेको थियो । अरू नायिकाभन्दा आफ्नो बेग्लै क्रेज बनाउन सफल खड्काले चलचित्र ‘छक्का पन्जा २’मा चाँडै नायिकाको भूमिकामा सजिएको देख्न पाइने छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =