यी स्थानमा कोठी भएकाहरू हुन्छन् भाग्यमानी

मान्छेको शरीरमा हुने कोठिले पनि उसको भाग्य बताउने ज्योतिष विज्ञानले बताउने गरेको छ । तपाईँ सबैमा कहीँ न कहीँ कोठि हुन्छ तर ती सबै शुभ हुदैनन् । कतिपयले त आफूलाई सुन्दर देखाउन आफै कृतिम कोठि पनि बनाउछन् । त्यो भन्दा पनि शरीरमा प्राकृतिक रूपमा विभिन्न स्थानमा हुने कोठिहरुले कस्तो सङ्केत गर्छ त ?
ज्योतिष विज्ञानको आधारमा निम्न स्थानमा कोठी हुनु भाग्यको प्रतीक मानिन्छ ।

१ . हत्केलाको कोठीः

हातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ । ज्योतिष शास्त्र अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेष गरी कोठी मुट्ठीभित्र पर्छ भने । यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन् । विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ ।

२ . नाकमा कोठीः

नाकमा कोठी भएका मानिसहरू निकै नखरा गर्ने किसिमका भए पनि उनीहरूको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ । यसका साथै यस्ता मानिसहरूले आफ्नो करियरमा निकै प्रगति गर्ने गर्दछन् । प्रगति ढिला भए पनि उनीहरू आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन् ।

३ . चिउँडोमा कोठीः

चिउँडोमा कोठी हुनु शुभ सङ्केत मानिन्छ । यस्ता मानिसहरूको बिग्रेको काम पनि बन्ने गर्दछ । जो मानिसहरूको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरूको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरू आर्थिक रूपमा पनि सबल हुन्छन् ।

४ . पिठ्युँमा कोठीः
जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरू निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरू निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् । पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरू सबैसँग सुखी हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *