अल्बानियामा शक्तिशाली भूकम्पः ४ जनाको मृत्यु, १ सय ५० घाइते

मंसिर १०, एजेन्सी । अल्बानियामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।   

भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भूकम्प ६.४ म्याग्नीच्युडको भएको जनाइएको छ ।   

मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् ।  अर्का एक महिला र एक पुरुषको शव देशको राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो ।       

Image result for भूकम्प

घाइते भएकाहरुको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य मन्त्री ओगेर्टा मानास्तेर्लिले जानकारी दिए । उनीहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो । घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =