जापान सरकारले नेपाल सरकारलाई आपतकालिन साहायता प्रदान गर्ने

काठमाडौं, भदौ ५ । लगातारको वर्षाका कारण आएको बाढी,डुवान र पहिरोबाट घरबार गुमाएर बिचल्लीमा परेका र जनधनको क्षति भोगेका बासिन्दालाई राहत दिलाउन जापान सरकारले नेपाल सरकारलाई आपतकालिन साहायता प्रदान गर्ने भएको छ । नेपाल सरकारको आग्रहमा जापान सरकारले जापान अन्तराष्ट्रिय सहयोय नियोग (जाईका) मार्फत ब्ल्यांकेट, प्लास्टीक सिट जस्ता आपतकालिन राहतका सामाग्रीहरु प्रदान गर्न लागेको हो ।

मानविय आवस्यकता परिपुर्ती गर्नका लागि र नेपाल जापान मैत्री सम्बन्धलाई अझै मजबुत बनाउनका लागि नेपालको दक्षिणी क्षेत्रमा बाढिले क्षति पुराएको ठाउमा सहयोग केन्द्रित हुने नेपालस्थित जापानी दुताबासले जारि गरेको बिज्ञप्तीमा उल्लेख छ । राहतका सामाग्री त्रिभुवन अन्तराष्ट्रीय विमान स्थलमा आईपुग्ने बित्तिकै जापानीज दुताबासले तत्काल नेपाल सरकारलाई हस्तान्तरण गर्ने बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *