बहुविवाह केसमा सोह्र वर्षदेखि फरार अभियुक्त पक्राउ परे
मकालु खबर
२०७४ जेठ १५ गते
“
मेलम्ची, भदौ १ । मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले आज पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एक हजार जरिवाना र एक महिना कैद सजाय सुनाइएका मेलम्ची नगरपालिका–१२ का गोकुल भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिए। दोषी भट्टराईलाई आजै जिल्ला अदालत चौतारामा बुझाइएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित