अर्जेन्टिनी राष्ट्रिय टिममा फर्किए लियोनल मेस्सी

कात्तिक १४, काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी तीन महिनाको प्रतिबन्धपछि राष्ट्रिय टिममा फर्किएका छन् । अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् । 

गत जुलाईमा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि चिलीसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले ३–१ गोलको जित हात पारे पनि कप्तान मेस्सीले त्यसमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसको भागिदार आफ्नो टिम नहुने बताएपछि प्रतिबन्धमा परेका थिए । 

कोपा अमेरिकाले मेस्सीलाई तीन महिनाका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा परेपछि मेस्सीले अर्जेन्टिनाबाट चार खेल गुमाएका थिए । 

Related image

प्रतिबन्ध सकिएलगत्तै अर्जेन्टिनाको टिममा कप्तान मेस्सीलाई राखिएको छ । अर्जेन्टिनाले ब्राजिलसँग आउँदो १५ नोभेम्बरमा साउदी अरबमा खेल्दैछ । दोस्रो मैत्रीपूर्ण खेल १८ नोभेम्बरमा उरुग्वेसँग इजरायलमा खेल्नेछ । 

यस्तो छ अर्जेन्टिनाको टिम 

गोलकिपरः अगुस्टिन मार्चेसिन, योहान मुसो, इमिलिनो मार्टिनेज, इस्टेबन अन्ड्राड 

डिफेन्डरः योहान फयथ, रेनजो सरभिया, निकोलस वटामेन्दी, जेर्मन पेजिला, मार्कोस रोजो, वाल्टर कानेमान, निकोलस ट्याग्लाफिको, नेहुन परेज, गुइडो रोड्रिगुएज 

मिडफिल्डरः जिओभानी लो सेल्सो, लेन्ड्रो परेडेस, निकोलस डोमिनगुएज, रोड्रिगो डे पाउल, मार्कोस एकुना, रोबेर्टो परेयरा, लुकास वकाम्पस 

फरवार्डः लियोनल मेस्सी (कप्तान), सर्जियो अगुएरो, निकोलस गोन्जालेज, लुकास अलरियो, लुउटारो मार्टिनेज, पाउलो डिबाला । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =