मुद्दा फस्र्योटबाट दुई करोड ४३ लाख राजश्व

पोखरा, १ भदौ । कास्की जिल्ला अदालतले आर्थिक वर्ष २०७३/७४ मा तीन हजार ५२२ वटा मुद्दा फस्र्योट भएका छन् ।

अघिल्लो आव बाट सरेका एक हजार ३५१ मुद्दा र यस वर्ष परेका तीन हजार १४७ गरी कूल चार हजार ६९८ मुद्दा परेकामा फस्र्योट हुन बाँकी एक हजार १४६ वटा मुद्दा भने चालू आव २०७४/७५ का लागि सरेको अदालतका शाखा अधिकृत भोलाराज रेग्मीले जानकारी दिनुभयो ।

सो अवधिमा अदालतले रु दुई करोड ४३ लाख ८१ हजार राजश्व सङ्कलन गरेको छ । जरिवानाबाट रु ५६ लाख ९३ हजार, अदालत शुल्कबाट रु ८७ लाख २३ हजार र अन्यबाट रु ९९ लाख ६४ हजार राजश्व सङ्कलन गरेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =