लामखुट्टेले टोकेर बाढी पीडित बिरामी पर्न थाले तर अझै राज्यको आँखा पुगेन

काठमाडौं, भदौ १ । तराईमा अविरल बर्षासँगै आएको बाढीले त्यहाँको जनजीवन तहस नहस नै बनाएको छ । रोगको महामारी फैलदो बढ्दो छ । गर्मी मौसमका कारण लामखुट्टेले टोकेर कयौँ सर्वसाधारण बिरामी परेका छन् । सरकारतर्फबाट राहत कार्यक्रमको घोषणा गरिएपनि त्यो पीडितसमक्ष पुग्न सकेको छैन । सरकारले बाढीका कारण डुवानमा परेका विभिन्न जिल्लाहरुका सम्बन्धित निकायलाई राहत वितरणको जिम्मा दिने गरेको छ तर जिम्मा पाएका निकायहरुको राहत वितरण फितलो भएको उपराष्ट्रपति पुत्र दिपेश पुनले बताए ।

पाँच दिनदेखि सप्तरीमा बाढी पीडितहरुको उद्धारका लागि उनीसहित पाँच जना खटिरहेका छन् । व्यक्ति तथा संघसंस्थाहरुको पनि राहत वितरण कार्यमा न्यून उपस्थित रहेको उनले बताए । ‘राहत वितरण कार्यमा अहिलेसम्म त्यस्तो कुनै संघसंस्थाहरु सक्रिय रुपमा देखा परेका छैनन् । राज्य नै फितलो छ । पहिले राज्य स्तरबाट उचित ढङगले पीडितहरुको उद्धार हनुपर्ने हो त्यो भएको छैन ।’पुन भन्छन्,‘राज्य स्तबाट अहिलेसम्म वास्तविक बाढी पीडितकहाँ राहत पुग्न सकेको छैन ।’

अहिले सप्तरी पूरै हिलाम्य छ । कहीँ तालझै पानी जमेका छन् । अधिकांश सर्वसाधारणहरु सडकमै बस्न बाध्य छन् । लामखुट्टेले टोकेर सर्वसाधारणहरु बिरामी पर्न थालेका छन् । उपचार गर्ने उपाय देखिँदैन भने सरकासँग अहिलेसम्म बाढीका कारण कतिले ज्यान गुमाए, कति बेपत्ता र अङगभङग भए भन्ने ठोस प्रमाण नरहेको उनले बताए । आफू सप्तरीको मुसहर बस्तीको कोइलानीमा रहेको बताउँदै राज्यले तत्काल उद्धार कार्यमा ढिला सुस्ती नगर्न सुझाव दिएका छन् ।

झण्डै एक हप्ताभरिको अविरल बर्षा रोकिएपछि झन् त्यहाँको जनजीवन प्रभावित भएको हो । बाढीका कारण असंख्य चौपाया तथा पशृुपंक्षीहरु कुहिएर रोग फैलीने देखिन्छ । त्यसलाई व्यवस्थित गर्ने उपयुक्त थलो छैन । सबैतिर हिलाम्य रहेको छ ।

हिजो माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड त्यहाँ झरेपनि आफूले उद्धार कार्यमा व्यस्त हुँदा भेट नभएको उनले सुनाए ।‘हिजो बाढी पीडित अनुगमनसँगै राहत वितरण गर्नुभएको समाचार सुने तर उद्धार कार्यमा व्यस्त रहेकोले भेट घाट भएन ।’ उनले भने‘ बाढी पीडितको अनुगमन गरेर मात्र हुँदैन । यहाँको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने राज्यको विशेष ध्यान जान जरुर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *