आज संसद बैठक बस्दै, कस्तो निस्केला निष्कर्ष ?

काठमाडौं । आज संसद्मा खानेपानी तथा सरसफाइ मन्त्री विना मगर सांसदहरुको प्रश्नको जवाफ दिन प्रस्तुत हुने भएकी छन् । मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुमा उत्पन्न प्रश्नको जवाफ दिन संसदले सुरु गरेको प्रश्नोत्तर सत्रमा मन्त्री मगर उपस्थित हुन लागेकी हुन् ।
दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री मगरले सम्हालेको मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्ले प्रश्न राख्ने र मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
पछिल्लो समय खानेपानी मन्त्रालय मेलम्ची खानेपानी आयोजना र सचिव गजेन्द्र ठाकुरको सरुवाले चर्चामा छ । शुक्रबारका लागि तय गरिएको प्रश्नोत्तर श्रृंखलामा सांसद्हरुले यही विषयबारे जिज्ञासा राख्ने अनुमान गरिएको छ ।
null
संसद् सचिवालयका अनुसार, आजैको बैठकमा संसद्मा पेश गरिएको सूचना प्रविधि विधेयकबारे विचार गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राख्नेछन् ।








