कालोबजारी गरेको आरोपमा हेटौंडाका व्यापारी पक्राउ

साउन ३२, मकालु खबर । कालोबजारी गरी व्यवसाय गरेको आरोपमा मकवापनुर प्रहरीले हेटौडाको स्कुलरोडका ठुला व्यापारीलाई पक्राउ गरेको छ । हेटौंडाका बिवादास्पद व्यापारी हिरालाल शाहका छोरालाई आज दिउसो प्रहरीले कालाबजारी गरेको आरोपमा पक्राउ गरेको हो ।

हेटौंडा–४ स्कुल रोडमा पसल सञ्चालन गर्दै आएका व्यापारी हिरालाल शाहका छोरा सतिश केशरीलाई आज दिउँसो करिब १ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विकासराज खनालले बताउनुभयो । उनलाई हेटौँडा ४ स्कुलरोडमा रहेको हिरालाल किराना पसलबाट पक्राउ गरेको एसपी खनालले बताउनुभयो ।

एसपी खनालका अनुसार उनलाई कालोबजारी अन्तरगत पक्राउ गरिएको र सोही बमोजिम कारावाहीको लागि सिफारिस गर्ने तयारी भइरहेको छ । साउन १६ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा भएको बजार अनुगमनको क्रममा उक्त पसलमा छापा मार्दा म्याद नाघेका खाद्यान्न तथा कम तौल भएका चामलको बोराहरु भेटिएको थियो ।

हेटौडा ४ स्कुलरोडका व्यापारी हिरालाल साहलाई कालो बजारी अन्तरगत कार्बाही गर्नका लागि उपभोक्ता हित संरक्षण मन्च मकवानपुरले माग गर्दै प्रशासनमा उजुरी गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =