दयाहाङकी ‘कान्छी’ बन्दै स्वेता, कस्तो देखिएला त जोडी ?

साउन ३२, काठमाडौं – आकाश अधिकारीले निर्देशन गर्ने गरी चलचित्र ‘कान्छी’ निर्माण हुने भएको छ । मुस्ताङको लेते वरिपरि छायांकन गरिने फिल्मलाई ४५ दिनमा छायांकन सक्ने गरी निर्माण युनिट जुटेको छ ।

चलचित्रमा स्वेता खड्का र दयाहाङ राईलाई मुख्य भूमिकामा देखिनेछ भने वरिष्ठ कलाकार नीर शाह, भूमिका श्रेष्ठ, अनु शाह, आशान्त शर्मा लगायतका कलाकारको समेत अभिनय रहनेछ ।


चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् भने चलचित्रलाई यही वर्षको माघ २६ मा प्रदर्शन गर्ने पनि निर्माण टिमले जनाएको छ । चलचित्र भदौ २ गतेदेखि फ्लोरमा जाँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =